माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

हिमाल प्रेस १७ माघ २०८० १७:०६ | Wednesday, January 31, 2024
माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ- माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३८ वर्षीय प्रकाश गुरुङ छन्।

उनले दीपकराज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु त्यसका लागि ८ लाख लाग्छ र मासिक एक लाख २० हजार तलब हुन्छ भनेर प्रलोभनमा पारी पटक-पटक गरी ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

कास्की घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने उक्त गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १७ माघ २०८० १७:०६ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast