विमोचन भयो ‘संसद्‍मा केपी शर्मा ओली’

हिमाल प्रेस १६ माघ २०८० १८:५१ | Tuesday, January 30, 2024
विमोचन भयो ‘संसद्‍मा केपी शर्मा ओली’

काठमाडौँ- पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्‍मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण भएको छ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज (मंगलबार) भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनले गरेका सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्त्वपूर्ण भएको बताइन्। यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उनको भनाइ छ।

प्रा. डा. ऋषिराम शर्मा, प्रा. डा. हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गरेकी हुन्।

प्रकाशित: १६ माघ २०८० १८:५१ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast