लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत

हिमाल प्रेस १६ माघ २०८० १७:५६ | Tuesday, January 30, 2024
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप चार सदस्य मनोनयन गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

थपिएका सदस्यहरूमा बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरुङ, चितवनका इन्द्रमाया लामा र धादिङका सानुराम घले रहेका छन्। ओमबहादुर घर्तीमगरको अध्यक्षतामा सो महासंघको केन्द्रीय तदर्थ कार्यसमिति छ।

प्रकाशित: १६ माघ २०८० १७:५६ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast