‘पिताम्बर’ निर्देशन गर्दै कृषा

हिमाल प्रेस १६ माघ २०८० १६:२३ | Tuesday, January 30, 2024
‘पिताम्बर’ निर्देशन गर्दै कृषा

काठमाडौँ– कृषा चौलागाईंको निर्देशनमा फिल्म ‘पिताम्बर’ बन्ने भएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै  फिल्म निर्माणकाे घोषणा गरिएको हो।

यो उनको दोस्रो निर्देशन हो। यसअघि कृषाले  फिल्म ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्। फिल्म निर्माताको छवि बनाएकी कृषा ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’की निर्माता हुन्।

माघ अन्तिमबाट छायांकन सुरु हुने भनिएको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह, दिव्य देवलगायत कलाकार रहनेछन्।

प्रदीप भारद्धाजको लेखन रहेको फिल्म तराईका विभिन्न ठाउँहरुमा छायांकन हुनेछ। फिल्म पुरुषोत्तम प्रधान छायांकन गर्नेछन्।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्यमा बन्न लागेको फिल्मको निर्माता विशाल चौलागाईं हुन्।

प्रकाशित: १६ माघ २०८० १६:२३ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast