म्याग्दीमा रुखले किचेर महिलाको मृत्यु

हिमाल प्रेस १६ माघ २०८० १५:०३ | Tuesday, January 30, 2024
म्याग्दीमा रुखले किचेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

म्याग्दी-  रघुगंगा गाउँपालिकामा आज रुखले किचेर  महिलाको मृत्यु भएको छ। गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ।

फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएकी थिइन्। नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए। भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो। मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: १६ माघ २०८० १५:०३ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast