कुहिरोका कारण भारतमा हवाई र रेल सेवा प्रभावित

हिमाल प्रेस १६ माघ २०८० १४:५६ | Tuesday, January 30, 2024
कुहिरोका कारण भारतमा हवाई र रेल सेवा प्रभावित प्रतिनिधिमूलक तस्बिर

भारत- राजधानी नयाँ दिल्ली र उत्तर भारतमा मंगलबार बाक्लो कुहिरोका कारण दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा ढिलो हिँडेको रेलवे अधिकारीहरूले जनाएका छन्।

जम्मु तवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका हुन्।

रेवा–आनन्द विहार टर्मिनल, भागलपुर–आनन्दविहार एक्सप्रेस, बनारस–दिल्ली एक्सप्रेस, चेन्नई–दिल्ली एक्सप्रेस, हैदराबाद–दिल्ली एक्सप्रेस र रानीकमलापति–हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन्। नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए।

यसैबीच मंगलबार बिहान राजधानीमा कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि प्रभावित भएको छ। विमानस्थलले मंगलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक–अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ। यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

सोमबार पनि कुहिरो र चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मंगलबार राजधानीका थुप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो। रासस/एएनआई 

प्रकाशित: १६ माघ २०८० १४:५६ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast