काठमाडौँ- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज (सोमबार) एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ता हित र सुशासन’बारे सांसदसँग गरेको अन्तरक्रिया उनले पार्टी, देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
उनले सांसदलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषय रहेका र ती विषय सदनमा पनि उठाउनु आवश्यक रहेको भन्दै सदनमा मुद्दा उठाउँदा विषय केन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गरे।
प्रकाशित: १५ माघ २०८० २१:४४
प्रतिक्रिया