व्यवस्था परिवर्तन गर्ने कुरामा लागे मुलुक दुर्घटनामा पर्छ : गगन थापा

हिमाल प्रेस १५ माघ २०८० २१:२७
14
SHARES
व्यवस्था परिवर्तन गर्ने कुरामा लागे मुलुक दुर्घटनामा पर्छ : गगन थापा फाइल तस्बिर

सप्तरी- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र संघीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बताएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताएका हुन्।

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज आइपुगेका उनले अहिलेको मुख्य चुनौती संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नु रहेको उल्लेख गरे।

‘कसैले प्रदेश संरचना खारेजको कुरा उठाइरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागिरहेका छन्, यस्ता कुरामा लागे मुलुक फेरि अर्को दुर्घटनामा पर्नेछ,’ उनले भने।

प्रकाशित: १५ माघ २०८० २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast