सडक डिभिजनका तत्कालीन प्रमुख चौधरीलाई ६ महिना कैद सजाय, साढे २ करोड रुपैयाँ जफत हुने

हिमाल प्रेस १५ माघ २०८० १८:१० | Monday, January 29, 2024
सडक डिभिजनका तत्कालीन प्रमुख चौधरीलाई ६ महिना कैद सजाय, साढे २ करोड रुपैयाँ जफत हुने

काठमाडौँ- सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ महिना कैद हुने भएको छ। उनीबाट २ करोड ४४ लाख ९३ हजार रूपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना पनि उठाउनुपर्ने फैसला पनि विशेष अदालतले गरेको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चौधरीलाई अदालतले सोमबार सजाय तोकेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले माघ १ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय मोरङमा कार्यरत रहँदा विभिन्न आयोजनामा ठेकेदारहरूसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

अख्तियारले २०७७ फागुन ५ मा चौधरीविरूद्ध ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गरेको थियो। उनले हैसियतभन्दा अमिल्दो र अस्वाभाविक खालको जीवनयापन गरेको, हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतको नाममा घर जग्गा खरिद गरेको अख्तियारले फेला पारेको थियो।

डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सीडीई) जितेन्द्र कुमार चौधरीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ। अख्तियारले २९७६ फागुन ५ गते सडक डिभिजन प्रमुख चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार विगो दाबीसहित मुद्दा दायर गरेको थियो।

उनले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा रहँदा ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक व्यालेन्स जम्मा गरेको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो।

यो प्रकरणमा उनीसँगै श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।

प्रकाशित: १५ माघ २०८० १८:१० | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast