विप्लवको पार्टीले भन्यो : ज्ञानेन्द्र शाहीले अभिव्यक्ति तुरुन्त सच्याऊन्

हिमाल प्रेस १५ माघ २०८० ९:२९ | Monday, January 29, 2024
विप्लवको पार्टीले भन्यो : ज्ञानेन्द्र शाहीले अभिव्यक्ति तुरुन्त सच्याऊन्

काठमाडौँ- पक्राउ पुर्जी बारे अभिव्यक्ति दिएका राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई अभिव्यक्ति सच्याउन नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अनुरोध गरेको छ। साथै नेकपाले माफी माग्न समेत चेतावनी दिएको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा गत शनिबार सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा उक्त अभिव्यक्तिले आफूहरुलाई आक्रोशित बनाएको बताएका छन्।

शाहीको अभिव्यक्तिले ३ बुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने र वर्तमान संकटग्रस्त अवस्थाबाट देशलाई क्रान्तिकारी समाधान दिनबाट रोक्ने भन्दै फिर्ता लिएर माफी माग्न र त्यसो नगरे हुने परिणाम भोग्न प्रवक्ता प्रकाण्डले धम्की दिएका छन्।

प्रकाशित: १५ माघ २०८० ९:२९ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast