समुदायमा कांग्रेस कार्यक्रमका लागि जिल्ला खटाइए नेता, कहाँ को?[सूचीसहित]

हिमाल प्रेस १४ माघ २०८० १२:२५ | Sunday, January 28, 2024
समुदायमा कांग्रेस कार्यक्रमका लागि जिल्ला खटाइए नेता, कहाँ को?[सूचीसहित] कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौैँ- नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सुरु भएको छ। जसका लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार केन्द्रीय नेताहरू जिल्ला जिल्लामा खटाइएको हो।
केन्द्रले तोके व्यक्तिहरू माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला हुनेछ।

जनताको कुरा सुन्ने भन्दै कांग्रेसले यो अभियान सुरु गरेको जनाएको छ। कांग्रेसले केही हिमाली जिल्लामा भने यो अभियान अहिले नभएको बताएको छ।

कहाँ को ?

कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेश प्रदेश र बागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेश प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा बागमतीको
सिन्धुली र मकवानपुर
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही बागमतीको धादिङ र
चितवन

बागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश
१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत

सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र
कंचनपुर

प्रकाशित: १४ माघ २०८० १२:२५ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast