एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आजदेखि

हिमाल प्रेस १४ माघ २०८० ७:१४ | Sunday, January 28, 2024
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आजदेखि

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक आइतबारबाट सुरु हुँदैछ।

सोमबारसम्म चल्ने केन्द्रीय परिषद् बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

परिषद् बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने उनले बताए।

परिषद् बैठक विधान मस्यौदामाथि छलफलमा केन्द्रित हुनेछ।

एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ।

 

प्रकाशित: १४ माघ २०८० ७:१४ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast