काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध

हिमाल प्रेस १३ माघ २०८० ८:०९ | Saturday, January 27, 2024
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध

काठमाडौँ- काठमाडौँको चुनिखेल फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा आज चार घण्टा बिजुली अवरुद्ध हुने भएको छ।

बुढानीलकण्ठ वितरण केन्द्रको उक्त फिडरअन्तर्गत पर्ने भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारी, गणेश चोक, स्पेशल चोक लगायतका स्थानमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: १३ माघ २०८० ८:०९ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast