‘समुदायमा कांग्रेस’ कार्यक्रम सुरु हुँदै

हिमाल प्रेस १३ माघ २०८० ६:५१ | Saturday, January 27, 2024
‘समुदायमा कांग्रेस’ कार्यक्रम सुरु हुँदै

काठमाडौँ- नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ।

स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्नेगरी अभियान सञ्चालन गर्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरिने छ।

अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा छ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाउने तय भएको पौडेलले बताए।

अभियान सुशील कोइरालाको स्मृति दिवसका दिन माघ २६ गते समापन हुने जनाइएको छ।

प्रकाशित: १३ माघ २०८० ६:५१ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast