काठमाडौँ- पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेको प्रहरीले जनाएको छ।
उनले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारेर रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: १२ माघ २०८० १९:३६
प्रतिक्रिया