केआईईसीको ‘मल्टिडेस्टिनेसन एजुकेसन फेयर-२०२४’

हिमाल प्रेस १२ माघ २०८० १७:५२ | Friday, January 26, 2024
केआईईसीको ‘मल्टिडेस्टिनेसन एजुकेसन फेयर-२०२४’

काठमाडौँ- शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालिले शनिबार एकदिने मल्टीडेस्टिनेसन एजुकेसन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलीसडकस्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो।

मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्तिलगायतका विषयमा जानकारी लिन सक्ने प्रबन्धनिर्देशक राजेन्द्र रिजालले जानकारी दिए।

केआईईसीले मेलामा सहभागी हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरको घोषणा गरेको छ।

अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, यूकेलगायतका मुलुकमा अध्ययनमा जान चाहने विद्यार्थीलाई मेलामा सम्पूर्ण जानकारी प्रदान गरिने भएकाले मेला अभिभावक र विद्यार्थीका लागि एक उपयुक्त अवसर भएको केआईईसीले जनाएको छ।

केआईईसी नेपालबाट विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने देशभर शाखा विस्तार भएको प्रमुख परामर्शदातृ संस्था हो। केआईईसीबाट हजारौँको संख्यामा विदेश अध्ययनमा जाने विद्यार्थीले सेवा लिइसकेका छन्। केआईईसीले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई पूर्वतयारी कक्षा पनि समेत सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १२ माघ २०८० १७:५२ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast