इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी पक्राउ

हिमाल प्रेस १२ माघ २०८० १३:०२ | Friday, January 26, 2024
इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी पक्राउ

काठमाडौँ- बचतकर्ताको रकम हिनामिना पारेको आरोप लागेकी बागलुङ बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार थिए। बचतकर्ताले लक्ष्मीसहितको नाममा उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो।

रकम हिनामिना गरेको आरोप लागेर फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ। नेपाली ढोरपाटन नगरपालिकाका प्रमुख पनि हुन्। फरार रहेका नेपाली बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पनि आएनन्।

प्रकाशित: १२ माघ २०८० १३:०२ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast