राहुल महरालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर

हिमाल प्रेस ११ माघ २०८० २१:३०
28
SHARES
राहुल महरालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर

काठमाडौँ- उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ। न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज (बिहीबार) जिल्ला अदालतकै आदेश सदर गरेको हो।

सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले पनि पुर्पक्षका लागि कारागारमा छन्।

उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो। महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो। निजविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र संगठित अपराधको अभियोग लगाइएको छ।

प्रकाशित: ११ माघ २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast