मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

हिमाल प्रेस ११ माघ २०८० १७:४२ | Thursday, January 25, 2024
मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

जनकपुरधाम– राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्। मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यमा अन्यतर्फ गठबन्धनको नेपाली कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

कुल मतभार १० हजार आठ सय ३९ मा सात हजार तीन सय ७० मत प्राप्त गर्दै ढुंगाना निर्वाचित भएका छन्। यस्तै चौधरीले सात हजार नौ सय २३ मत प्राप्त गरेर निर्वाचित भइन्।

निर्वाचनमा नेकपा एमालेले दुवै समूहतर्फ उम्मेदवारी दिएको थियो भने सत्ता गठबन्धनकै जनमत पार्टीले अन्यतर्फ उम्मेदवार बनाएको थियो।

प्रकाशित: ११ माघ २०८० १७:४२ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast