लुम्बिनीमा कांग्रेसकी विष्णुकुमारी र माओवादीका झक्कु निर्वाचित

हिमाल प्रेस ११ माघ २०८० १७:३४ | Thursday, January 25, 2024
लुम्बिनीमा कांग्रेसकी विष्णुकुमारी र माओवादीका झक्कु निर्वाचित निर्वाचन आयोग

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन्।

सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए।

सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरे। दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए।

जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए। भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह पनि उम्मेदवार थिइन्।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो।

प्रकाशित: ११ माघ २०८० १७:३४ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast