चार अंकले घट्यो नेप्से

हिमाल प्रेस ११ माघ २०८० १५:५२ | Thursday, January 25, 2024
चार अंकले घट्यो नेप्से

काठमाडौँ- नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो। बजार २०८४.०९ विन्दुमा बन्द भएको छ। यस दिन तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। बुधबार तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। यस दिन साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ। हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ। यो कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।

कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ। होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक घटेको छ। यो समूहको परिसूचक १.०३ प्रतिशतले घटेको छ।

प्रकाशित: ११ माघ २०८० १५:५२ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast