कमेडी च्याम्पियनको तेस्रो सिजन फागुन ३ देखि

हिमाल प्रेस ११ माघ २०८० १४:१४ | Thursday, January 25, 2024
कमेडी च्याम्पियनको तेस्रो सिजन फागुन ३ देखि

काठमाडौँ– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन फागुन ३ देखि कान्तिपुर टेलिभिजनबाट प्रसारणमा हुने भएको छ।

निर्माण टिमले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो।  तेस्रो सिजनमा ११ वर्षकी बालिकादेखि कालिकोट, अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मको प्रस्तुती हेर्न पाइनेछ। कार्यक्रम सातामा दुई दिन बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण हुनेछ।

सम्मेलनमा अघिल्लाभन्दा यो सिजनमा केही परिवर्तन गरिएको कार्यक्रम निर्देशक विशाल भण्डारीले जानकारी दिए। अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरिएकाे छ।

अर्थात् अघिल्ला दुई सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाइएको छ भने यसपछि उत्कृष्ट १५ को सट्टा उत्कृष्ट १६ को छनाेट हुने भएको छ। अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले जानकारी दिए।

३३ एपिसोड प्रस्तुत हुने  शो को डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको निर्माण टिमले जनाएको छ।

शो का निर्णायकमा हाँस्य कलाकार सन्तोष पन्त र मनोज गजुरेलका साथै अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईले नै रहने छन्। भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मा र मेक्सम गौंडेल नै हुनेछन्।

थ्री प्रोडक्सनको प्रस्तुति रहने यो सिजनलाई उत्कृष्ट बनाउने निर्देशक विशाल भण्डारीले बताए।

पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणी पौडेलले शो जितेका थिए।

प्रकाशित: ११ माघ २०८० १४:१४ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast