राष्ट्रियसभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान

हिमाल प्रेस ११ माघ २०८० १४:०४ | Thursday, January 25, 2024
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा सबै मतदाता मतदानमा सहभागी भएका छन्।

सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको भए पनि त्यसअघि नै सबै मतदाता मतदानमा सहभागी भएका हुन्।

प्रदेशसभा सदस्य ४० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख १५६ गरी कुल १९६ जनाले मतदान गरेका हुन्। कर्णालीमा तीन पदका निम्ति निर्वाचन भएको हो। केहीबेरमा सर्वदलीय बैठक बस्ने र दिउँसो ३ बजेपछि मतगणना सुरु गरिने उनको भनाइ छ।

कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूका साझा उम्मेदवार छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार छन्।

त्यस्तै नेकपा एमालेबाट चुडामणि शर्मा, गंगा थापा महत र पदमबहादुर माझी उम्मेदवार छन्।

प्रकाशित: ११ माघ २०८० १४:०४ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast