नेपाली डिजिटल बैंकिङमा रूपान्तरण भयो लक्ष्मी सन्‌राइज बैंक

हिमाल प्रेस ११ माघ २०८० १३:१८ | Thursday, January 25, 2024
नेपाली डिजिटल बैंकिङमा रूपान्तरण भयो लक्ष्मी सन्‌राइज बैंक

काठमाडौँ- लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ।

एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटी सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्त्वपूर्ण कदम रहेको दाबी बैंकको छ।

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ एपका माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखि लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यसको विकास गरिएको हो।

प्रकाशित: ११ माघ २०८० १३:१८ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast