सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

हिमाल प्रेस ११ माघ २०८० १३:०४ | Thursday, January 25, 2024
सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ।

नयाँ शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरेका थिए। उनले पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई गुणस्तरीय बैंकिङ सेवासुविधा दिने बताए।

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५७ वटा एटीएममार्फत  सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: ११ माघ २०८० १३:०४ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast