लागुऔषध मुद्दामा नेसपाका केन्द्रीय सदस्य पुन पक्राउ, बाबुरामको विरोध

हिमाल प्रेस ११ माघ २०८० ११:३४ | Thursday, January 25, 2024
लागुऔषध मुद्दामा नेसपाका केन्द्रीय सदस्य पुन पक्राउ, बाबुरामको विरोध

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जीतमान पुन लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन्। गत माघ ७ गते नै उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी रामबहादुर केसीले उनलाई लागूऔषध चरेस ओसारपसार मुद्दामा फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार अहिले उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

दाङ जिल्ला अदालतले २०७२ सालमा लागूऔषध चरेश ओसारपसार मुद्दामा उनलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोकेको थियो। घटना २०५२ सालको हो । उनीविरूद्ध दुई वर्ष ६ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनी त्यसपछि फरार थिए।

बाबुरामको विरोध

पुन पक्राउ परेपछि अध्यक्ष डा.बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। बाबुरामले सामाजिक सञ्जालमा भनेका छन्, ‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वीरूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ।’

बाबुरामले पुन पक्राउको भर्त्सना गर्दै यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डर तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

प्रकाशित: ११ माघ २०८० ११:३४ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast