काठमाडौँ- नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्। संसदीय दलको आज आइतबार बसेको बैठकले कास्की १(१) बाट निर्वाचित पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो।
६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ। एमाले र माओवादी मिलेसँगै प्रदेशमा ३० सांसद भएका छन्। राप्रपा पनि नयाँ गठबन्धनमा सहभागी भएपछि प्रदेशमा ३२ सांसद हुन्छन्।
केन्द्रमा एमाले र माओवादीसहितको गठबन्धनको सरकार बन्ने पक्का भएसँगै अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ।
प्रकाशित: १० पुष २०७९ १७:०९ | Sunday, December 25, 2022
प्रतिक्रिया





