आफ्नै घरको पाँचौँ तलाबाट हामफाले व्यवसायी अग्रवाल

हिमाल प्रेस १० माघ २०८० १४:५७ | Wednesday, January 24, 2024
आफ्नै घरको पाँचौँ तलाबाट हामफाले व्यवसायी अग्रवाल

काठमाडौँ- धनगढीका एक व्यवसायीले आफ्नै घरको पाँचौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन्। धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आत्महत्या गरेका हुन्।

कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए। अग्रवाल आज बिहान साढे ११ बजेको समयमा हाम फालेका थिए। छतबाट हाम फालेका उनलाई वेहोस अवस्थामै नवजीवन अस्पताल पुर्‍याइएको थियो।

तर, स्वास्थ्य अवस्था गम्भीर रहेको उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ।

प्रकाशित: १० माघ २०८० १४:५७ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast