वन्यजन्तुलाई पासो थाप्न गएका पूर्वहवल्दार आफैँ परे, गयो ज्यान

हिमाल प्रेस १० माघ २०८० १३:०१ | Wednesday, January 24, 2024
वन्यजन्तुलाई पासो थाप्न गएका पूर्वहवल्दार आफैँ परे, गयो ज्यान प्रतीकात्मक तस्बिर।

काठमाडौँ- वन्यजन्तुलाई पासो थाप्न गएका एक व्यक्ति आफैँ पासोमा परेर ज्यान गुमाएका छन्। कैलालीमा वन्यजन्तुलाई पासो थापेर मार्न गएका सशस्त्र प्रहरीका पूर्वहवल्दार घोडाघोडी नगरपालिका-१० का ४० वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो। उनीसँगै गएका महन्याल गाउँपालिका-३ का ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार बिहान २ बजे तुल्सीपुर सामुदायिक वनमा सिकार गर्न विद्युतीय धराप थाप्ने क्रममा तार सर्ट भई शाहको ज्यान गएको हो। इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार घाइते खत्रीलाई भने उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

प्रकाशित: १० माघ २०८० १३:०१ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast