माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

हिमाल प्रेस ९ माघ २०८० १६:३७ | Tuesday, January 23, 2024
माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

काठमाडौँ- माछापुच्छ्रे बैंक लिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ। बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा-१५ माल्नेटामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी-६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

 बैंकले बागमती प्रदेशको कामनपा-४ लम्टङिनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ। विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको बैंकले जनाएकोछ ।

२८९ जना विद्यार्थी एवम् १८ जना शिक्षक/कर्मचारी कार्यरत त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानीको अभाव छ। १८ सय भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी माविमा शौचालय व्यवस्थित नहुँदा विद्यार्थी र शिक्षकहरू समस्यामा परेका छन्।

विद्यालयको पूर्वाधार निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्। यसैगरी काठमाडौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएपछि बैंकले सभाहलको निर्माण गर्ने निर्णय गरिएको जनाएको छ।

प्रकाशित: ९ माघ २०८० १६:३७ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast