रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी

हिमाल प्रेस ९ माघ २०८० १६:०६ | Tuesday, January 23, 2024
रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी परेको छ। लामिछाने नै सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै सिन्धुलीका युवराज सफलले उजुरी दिएका हुन्। उनले दिएको उजुरी आज मंगलबार समितिमा दर्ता भएको छ।

सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप उजुरीकर्ता सफलले लगाएका छन्। विभिन्न सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन्।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन्। उनै सफलले लामिछानेविरुद्ध यही प्रकरणमा अदालतमा पनि रिट निवेदन दिएका छन्।

त्यसो त उनै सफलले नै नागरिकतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटकै कारण नागरिकता खारेजसम्म भएको थियो भने सांसद पद पनि गएको थियो। लामिछानेले पुन: नागरिकता लिइसकेका छन् भने चितवनमा भएको उपनिर्वाचनमा पनि चुनाव जितेर फेरि सांसद बनेका छन्।

प्रकाशित: ९ माघ २०८० १६:०६ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast