बढ्यो चिसो

हिमाल प्रेस ९ माघ २०८० ६:३५ | Tuesday, January 23, 2024
बढ्यो चिसो फाइल तस्बिर- रासस

काठमाडौँ- देशभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यत: सफा रहने विभागको भनाइ छ। उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ। तराईका अधिकांश स्थानमा आज पनि हुस्सु लागेको छ।

कतिपय स्थानमा शीतलहर समेत चल्ने विभागले जनाएको छ। चिसो बढ्दै गएपछि दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने भएकाले आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: ९ माघ २०८० ६:३५ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast