हिरोको आधिकारिक बिक्रेता बन्यो चौधरी समूह

हिमाल प्रेस ८ माघ २०८० १८:३२ | Monday, January 22, 2024
हिरोको आधिकारिक बिक्रेता बन्यो चौधरी समूह

काठमाडौँ- चौधरी समूह नेपालमा हिरो कम्पनी‍को आधिकारिक बिक्रेता बनेको छ। भारतीय अटो निर्माता कम्पनी हिरो मोटोकर्पबाट हिरोले चौधरी समूहको सीजी मोटर्सलाई वितरकका रुपमा छनोट गरेको हो।

हिरो मोटोकर्पले नेपालका लागि आफ्नो वितरक परिवर्तन गर्न खोजेपछि विभिन्न समूहले चासो देखाएका थिए। यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता रुप ज्योतिको एनजीएम हिरोसँग थियो। नेपाली बजारमा सन् २०१४ देखि नेपाली बजारमा हिरोको विभिन्न उत्पादनहरू छन्। सुपर स्पलेन्डर, एक्सपल्स नेपाली बजारमा रुचाइएका हिरोका मोटरसाइकल हुन्।

विभिन्न ब्रान्डका चारपांग्रे सवारीको व्यापारमा संलग्न भएको चौधरी समूह हिरोको आधिकारिकता पाएसँगै दुईपांग्रेमा चौधरी समूहले व्यापार सुरु गर्ने भएको हो।

सीजी मोटर्स र हिरोमोटोकर्पबीचको सम्झौतामा नेपालमै एसेम्बल गर्ने उल्लेख गरिएको दुई पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। हरित एसेम्बलिङ प्लान्टबाट नेपालमै उत्पादन गर्ने योजना रहेको उल्लेख गरिएको छ।

यसबाट थप रोजागरी तथा लगानी थपिने दाबी गरिएको छ। वार्षिक ७५ हजार युनिट उत्पादन क्षमताको प्लान्ट नवलपुरमा स्थापना गरिने घोषणा गरिएको छ। मार्च २०२४ देखि नै उत्पादन सुरू हुने उल्लेख गरिएको छ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सन्जय भानले चौधरी समूहसँगको साझेदारीबाट उत्साहित भएको बताएका छन्।

प्रकाशित: ८ माघ २०८० १८:३२ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast