फोटोको माध्यमबाट कर्णालीको पर्यटन चिनाउनुपर्छ : कानुनमन्त्री जिसी

हिमाल प्रेस ८ माघ २०८० १८:०५ | Monday, January 22, 2024
फोटोको माध्यमबाट कर्णालीको पर्यटन चिनाउनुपर्छ : कानुनमन्त्री जिसी

सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले फोटोका माध्यमबाट कर्णालीको पर्यटनको चिनारी दिनुपर्ने बताएका छन्। उनले कर्णाली थाहा नपाउनेहरू पनि भएको हुँदा उनीहरूलाई फोटो, भिडियोका माध्यमबाट कर्णालीको सुन्दरताले परिचित गराउनुपर्ने जनाएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रदेश समितिको समन्वयमा सोमबारदेखि सुर्खेतमा आयोजित प्रेस फोटो आचारसंहिता, प्रेस फोटोग्राफी तथा ड्रोन उडान तालिमको उद्घाटन गर्दै मन्त्री जिसीले फोटोले समाचारमा जीवन पनि दिने हुँदा मन्त्रालयले सहयोग गरेको बताए। गुणस्तरीय फोटो र भिडियोका माध्यमबाट कर्णालीको प्रचारप्रसार गर्न पनि उनले फोटो पत्रकारहरूलाई सुझाव दिए।

प्रेस काउन्सिल नेपाल अध्यक्ष बालकृष्ण बस्नेतले फोटो पत्रकारहरूलाई प्रेस फोटो आचारसंहिता आवश्यक पर्दै गएको बताए। उनले यस तालिमले आचारसंहिताबारे जानकारी दिइने उल्लेख गरे।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पछिल्लो समय प्रदेश राजधानीमा बिट पत्रकारिताको क्षमता अभिृवृद्धि गर्ने काम भइरहेकोमा खुसी व्यक्त गरे।

मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले फोटो पत्रकारहरूको लागि तालिम प्रभावकारी हुने बताए। तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाका फोटो पत्रकार एवं ड्रोन क्यामरा सञ्चालन गर्ने करिब ३० जना पत्रकारहरूको सहभागिता छ।

प्रकाशित: ८ माघ २०८० १८:०५ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast