बागमती लोक सेवा आयोगले माग्यो एक हजार ११३ कर्मचारी

हिमाल प्रेस ८ माघ २०८० ६:३९ | Monday, January 22, 2024
बागमती लोक सेवा आयोगले माग्यो एक हजार ११३ कर्मचारी

काठमाडौँ– बागमती प्रदेशको लोक सेवा आयोगले एक हजार एक सय १३ कर्मचारी माग गरेको छ। बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरिएको प्रदेश लोक सेवाले जारी गरेको सूचनामा उल्लेख छ। प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको छ।

प्रकाशित: ८ माघ २०८० ६:३९ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast