वैदेशिक रोजगार बोर्ड र मलेसियन कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नहुने

हिमाल प्रेस ७ माघ २०८० २०:५९ | Sunday, January 21, 2024
वैदेशिक रोजगार बोर्ड र मलेसियन कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नहुने

काठमाडौँ- नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ बीच भएको सम्झौता कार्यान्वयन नहुने भएको छ। आज (आइतबार) बोर्डको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सो सम्झौता कार्यान्वयन नहुने जनाएको हो।

कात्तिक २१ गते बोर्डले मलेसियाको सो कम्पनीसँग नेपाली श्रमिकहरूको राहत, उद्धारलगायतका कल्याणकारी कार्य गर्ने भन्दै सम्झौता गरेको थियो। तर यसको विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सम्झौता विभिन्न सरोकारवालाहरूसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएको भन्दै हाल सो सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनका लागि पुस २५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई पत्र लेखेको थियो। सोही अनुसार हाल सो सम्झौता कार्यान्वयन नहुने बोर्डले आज  विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

प्रकाशित: ७ माघ २०८० २०:५९ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast