कृषि विकास बैंकको कर्जाभन्दा लगानी बढी

हिमाल प्रेस ७ माघ २०८० २०:२२ | Sunday, January 21, 2024
कृषि विकास बैंकको कर्जाभन्दा लगानी बढी

सुर्खेत- कर्णाली प्रदेशमा कृषि विकास बैंकले निक्षेपभन्दा कर्जा लगानी बढी गरेको पाइएको छ। बैंकले कर्णालीमा कृषिलगायत अन्य कामका लागि झण्डै पाँच अर्ब लगानी गरेको छ। तर निक्षेप संकलन भने करिब २ अर्ब जति हुने गरेको छ।

कृषि विकास बैंकको ५७ औं बैंक दिवसको अवसरमा बैंकको कर्णाली प्रदेशले कर्णालीमा निक्षेप संकलन भन्दा कर्जा लगानी बढी गरेको जनाएको हो। बैंकका निर्देशक डा. सुरोज टण्डनले बैंकले कर्णालीमा निक्षेपभन्दा कर्जा लगानीलाई प्राथमिकता दिएको बताएका छन्।

उनका अनुसार लगानीमा पनि करिव ७० प्रतिशत जति कृषिमै छ। कर्णाली प्रदेश कृषि क्षेत्रमा लगानीको माग बढी आउने गरेको हुँदा बैंकले विभिन्न मापदण्डका आधारमा कर्जा लगानी गर्ने गरेको उनको भनाइ छ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले कर्णालीको गरिबी न्यूनीकरणका लागि कृषि क्षेत्रमा लगानी बढाउन आह्वान गरेका छन। उनले बैंकले पाँच करोडसम्मको लगानीमा ९ प्रतिशत ब्याज अनुदान र १० करोडसम्मको लगानीमा सात प्रतिशत ब्याज अनुदान कर्णाली प्रदेश सरकारले व्यहोर्ने गरी प्रस्ताव गरेको जानकारी दिए।

बैंकहरूले अन्यभन्दा पनि कृषि क्षेत्रमा कम्तीमा १० करोडसम्म लगानी गर्न आह्वान गर्दै मन्त्री सिंहले उद्योग धन्दाहरूमा पनि यस्तै सहुलियत दिनुपर्ने उल्लेख गरे।  कर्णालीमा मनोमानी अनुदान दिने प्रवृत्तिलाई नियन्त्रण गरिएको दाबी गर्दै अब ऐन बनाएर मात्र दिने तयारी भइरहेको मन्त्री सिंहले बताए।

प्रकाशित: ७ माघ २०८० २०:२२ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast