कैलालीमा भेटियो मृत पाटेबाघ

हिमाल प्रेस ७ माघ २०८० १८:३६ | Sunday, January 21, 2024
कैलालीमा भेटियो मृत पाटेबाघ फाइल तस्बिर।

कैलाली- जानकी गाउँपालिका-९ मा रहेको अमरावती सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ।

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटिएको सबडिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिए। उनका अनुसार बाघको शरीरबाट दुर्गन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुन सक्ने देखिएको छ।

स्याउला लिन जंगल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए।

मृत बाघको मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए। रासस

प्रकाशित: ७ माघ २०८० १८:३६ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast