आवधिक योजना तर्जुमामा जुट्यो ललितपुर महानगर

हिमाल प्रेस ६ माघ २०८० १३:५७ | Saturday, January 20, 2024
आवधिक योजना तर्जुमामा जुट्यो ललितपुर महानगर

ललितपुर- ललितपुर महानगर सहरलाई थप समृद्ध बनाउन आवधिक योजना तर्जुमा जुटेको छ। आवधिक योजना तर्जुमा निर्देशक समितिको शुक्रबार बसेको बैठकपछि महानगर प्रमुख चिरीबाबु महर्जनले दिगो विकास लक्ष्य २०३० र अन्य राष्ट्रिय योजना, लक्ष्यलाई पूरा गर्न महानगर आवधिक योजना तर्जुमा गर्न जुटेको बताए।

महर्जनले आवधिक योजनाअनुसार अघि बढ्दा योजना नदोहोरिने बताए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कुन क्षेत्रमा कसरी अघि बढ्ने भन्ने विषयलाई आवधिक योजनाले दिशा निर्देश गर्ने बताइन्। उनले भनिन्,‘आवश्यकताका आधारमा योजना बनाउने हो। खल्तीबाट झिकेर योजना बनाउनु हुँदैन।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले वार्षिक बजेट बनाएजस्तो नभएको बताउँदै आवधिक योजनाले महानगरलाई काम गर्न दिशानिर्देश गर्ने स्पष्ट पारे। उनले भने, ‘यस्ता योजनाले जनतालाई अनुभूति हुने गरी काम गर्न मद्दत गर्छ। यो विकासको मेरुदण्ड हो।’

नेपाल सरकारका पूर्व सहसचिव विष्णुदत्त गौतमले विकासको प्रक्रियालाई आवधिक योजनाले निर्देश गर्ने बताए। उनले भने, ‘धेरै जसो स्थानीय तहले आवधिक योजना बनाएका छैनन्, वार्षिक योजना मात्रै बनाएर अघि बढेका छन्।’

राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुइँटेलले लक्ष्य विनाको विकासले परिणाम दिन नसक्ने बताए। उनले परिणाममुखी विकासका लागि आवधिक योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे। सुशासन समितिका संयोजक एवम् ललितपुर महानगर-३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले सूचना प्राप्त गर्ने महट्त्वटपूर्ण आधार महानगरको प्रोफाइल हालसम्म नभएको बताए।

आर्थिक समिति संयोजक वडा २१ का वडाअध्यक्ष रवीन्द्र महर्जनले मौलिक विकासमा महानगर पछाडि रहेको बताए।

प्रकाशित: ६ माघ २०८० १३:५७ | Saturday, January 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast