महन्थ ठाकुरको गुनासो : अदालतले पनि मधेशलाई न्याय दिएन

हिमाल प्रेस ५ माघ २०८० १६:५९ | Friday, January 19, 2024
महन्थ ठाकुरको गुनासो : अदालतले पनि मधेशलाई न्याय दिएन लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि मधेकलाई न्याय नदिएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’  विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले मधेशमाथि विभेद जारी राखेको र अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्।

उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेशलाई साथ नदिएको बताए। उनले सबैभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशमा कम बजेट दिने कामसमेत भएको भन्दै मधेशमाथि भएको विभेदविरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको उल्लेख गरे।

अध्यक्ष ठाकुरले समग्र मधेशवासीको प्रतिनिधित्व मधेश प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरूको हितका लागि पनि आफूहरूले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे।

प्रकाशित: ५ माघ २०८० १६:५९ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast