जब ट्रकले हेलिकप्टर बोक्यो

हिमाल प्रेस ५ माघ २०८० १५:३८ | Friday, January 19, 2024
जब ट्रकले हेलिकप्टर बोक्यो तस्बिर सौजन्य : अशोक दाहाल

काठमाडौँ– शुक्रबार बिहान काठमाडौँस्थित नयाँ बानेश्वर–बबरमहलको व्यस्त सडकमा ट्रकले हेलिकप्टर बोकेर हुइँकिएको देख्नेहरू छक्क परे। सामान बोक्ने ट्रकले हेलिकप्टर नै बोकेको देखेपछि छक्क पनि किन नपरुन्!

उक्त ट्रकले बोकेको हेलिकप्टर भने नेपाली सेनाको थियो। उक्त हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सैनिक प्रदर्शनीका लागि भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा लगिएको हो।

नेपाली सेनाका अनुसार एनए शून्य ३३ कलसाइन भएको उक्त हेलिकप्टर मर्मतको क्रममा रहेकाले हाल उडानको अवस्थामा छैन। नेपाली सेनाको हवाई सेना नभए पनि उसले जहाजहरू प्रयोग गर्ने गरेको छ। सेनासँग तीनवटा जहाज र पाँचवटा हेलिकप्टर छन्।

प्रकाशित: ५ माघ २०८० १५:३८ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast