लक्ष्मी सनराइज बैंकको ई-कमर्स अक्वायरिङ सेवा

हिमाल प्रेस ५ माघ २०८० १५:४५ | Friday, January 19, 2024
लक्ष्मी सनराइज बैंकको ई-कमर्स अक्वायरिङ सेवा

काठमाडौँ– लक्ष्मी सनराइज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ। नेप्सअन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक हो। यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबर सोर्ससँगको सहकार्यमा विकास गरिएको बैंकले जनाएको छ।

अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकले ई-कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारी वर्गहरुको निम्ति ग्राहकमार्फत भुक्तानी लिन सजिलो मध्यम हुने विश्वास बैंकको छ। उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: ५ माघ २०८० १५:४५ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast