डिजिटल ईपालिका र गल्ली म्याप्सबीच सहकार्य

हिमाल प्रेस ५ माघ २०८० १२:५६ | Friday, January 19, 2024
डिजिटल ईपालिका र गल्ली म्याप्सबीच सहकार्य

काठमाडौँ- स्थानीय सरकारलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ईपालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ। यी दुई स्टार्टअपबीचको सहकार्यका लागि बिहीबार कम्पनी प्रमुखहरूले सम्झौता(पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्त्वपूर्ण स्थानहरू, तिनको दुरी, अवस्थितिलगायत अन्य अत्यावश्यक जानकारीसहित ईपालिका एपमा उपलब्ध हुनेछन्।

निन्जा इन्फोसिसले निर्माण गरेको ईपालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो। यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक राजविक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ईपालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकावासीले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउनेछन्।

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौँ। पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ईपालिका एपबाट थाहा पाउन सकिन्छ,’ ईपालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन्।’

गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुसी व्यक्त्त गरे। ‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौँ,’ उनले भने।

प्रकाशित: ५ माघ २०८० १२:५६ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast