गेल्जे शेर्पाको समिट सहयात्री बन्यो माउन्टेन ड्यु

हिमाल प्रेस ५ माघ २०८० ११:३२ | Friday, January 19, 2024
गेल्जे शेर्पाको समिट सहयात्री बन्यो माउन्टेन ड्यु

काठमाडौँ- माउन्टेन ड्यु आरोही गेल्जे शेर्पाको चो यु हिमाल (८,१८८ मिटर) आरोहण गर्ने सपनालाई साकार पार्ने अभियानमा जुटेको छ। शेर्पा एक व्यावसायिक हिमाल आरोही एवं पथ प्रदर्शक हुन्। उनले आठ हजार मिटर उचाइका धेरै चुचुराहरु आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन्।

२०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो ।

शेर्पाले ‘डेथ जोन’को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै अदम्य साहस, करुणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएका थिए। आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउन्टेन ड्युको नारा ‘डरको अगाडि जित छ’ जसरी उनले डरको सामना गरेका थिए। त्यसै सम्मानमा शेर्पाको यात्रामा निरन्तर साथ दिइने माउन्टेन ड्युले जनाएको छ।

माउन्टेन ड्युले नेपालबाट माउन्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउन लागेको हो। पेप्सीको नेपालका एसोसिएट निर्देशक अनुज गोयलले भने, ‘साहसी शेर्पा गेल्जेले सगरमाथा र अनगिन्ती अन्य आरोहणमा प्रदर्शन गरेको वीरतापूर्ण कार्यको कारण विश्वभर ख्याति कमाउनुभएको छ, उहाँसँग उभिन पाउँदा हामी अत्यन्त उत्साहित भएका छौँ।’

प्रकाशित: ५ माघ २०८० ११:३२ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast