कुरा नमिलेपछि बैठक छोडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड

हिमाल प्रेस १० पुष २०७९ १३:१२ | Sunday, December 25, 2022
कुरा नमिलेपछि बैठक छोडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै छोड्न नसक्ने अडान कायमै राखेपछि शीर्ष नेताको बैठक स्थल बालुवाटार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाहिरिएका छन्। मा‌ओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार नेताहरूबीच कुरा नमिलेपछि प्रचण्ड बाहिरिएका हुन्।

‘कुरा मिलेन। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै छोड्न मानेन,’ ती नेताले भने, ‘प्रचण्ड बालुवाटारबाट बाहिरिसक्नु भएको छ।’ बालुवाटारमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमारबीच छलफल चलेको थियो।

सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि गठबन्धन दलको बैठकमा निर्णय भइनसकेको बताउँछन्। उनले भने, ‘गठबन्धन अहिले मुलुकको आवश्यकता हो। बैठक केही समयपछि फेरि सुरु हुन्छ।
गठबन्धन जनताले अनुमोदित गरिसकेका छन्। त्यही अनुसार छलफल अघि बढ्छ। निर्णय भएको छैन।’

प्रकाशित: १० पुष २०७९ १३:१२ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast