नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको काठमाडौँमा थप दुई शाखा

हिमाल प्रेस ४ माघ २०८० १७:२० | Thursday, January 18, 2024
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको काठमाडौँमा थप दुई शाखा

काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौँमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले शंखमुल शाखा र अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो।

अब बैंकको शाखा संख्या २६४ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ। नयाँ शाखाहरूको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरेका हुन्।

पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए। हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५५ वटा एटीएम छन्।

प्रकाशित: ४ माघ २०८० १७:२० | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast