दयारानीको टिजरमा निःसन्तान दम्पतीको कथा

हिमाल प्रेस ४ माघ २०८० १५:३१ | Thursday, January 18, 2024
दयारानीको टिजरमा निःसन्तान दम्पतीको कथा

काठमाडौँ-  फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ। माघ २६ गते प्रदर्शन हुने फिल्मको टिजर बिहीबार हाइलाइट नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

१ मिनेट ४६ सेकेण्डको टिजरमा निःसन्तान दम्पत्तीको कथा देखाउन खोजिएको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्निको भूमिकामा छन्।

माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङलगायत कलाकारको अभिनय छ।

शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्म मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको छ। फिल्मको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट छन्।

बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको छ।

यस्ताे छ टिजर

प्रकाशित: ४ माघ २०८० १५:३१ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast