१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

हिमाल प्रेस ४ माघ २०८० १२:११ | Thursday, January 18, 2024
१५ लाख फिरौती माग्ने तीनजना पक्राउ प्रतीकात्मक तस्बिर।

चितवन- ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन्।

प्रहरीले भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका-१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरूलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ।

प्रकाशित: ४ माघ २०८० १२:११ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast