बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्षको क्यान्सरबाट निधन

हिमाल प्रेस ४ माघ २०८० ११:१० | Thursday, January 18, 2024
बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्षको क्यान्सरबाट निधन

काठमाडौँ- बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५२ वर्षीया जोशीको बिहीबार बिहान करिब ४ बजेतिर आफ्नै घरमा निधन भएको हो।

गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किस्ट अस्पतालमा उपचार गराएर जोशीलाई हालै घर पुर्‍याइएको थियो।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जोशी नेपाली कांग्रेसको उम्मेदवारका रुपमा स्वामीकार्तीक खापर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: ४ माघ २०८० ११:१० | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast