आज २०८० साल माघ ३ गते, बुधबार पौष शुक्ल पक्ष सप्तमी तिथि तदनुसार सन् २०२४ जनवरी महिनाको १७ तारिख। यस्तो छ तपाईँको राशिफल :
मेष : भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाइलेखाइमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
वृष : व्यापार व्यवसायबाट लाभ मिल्नेछ। भोजभतेरमा जाने अवसर मिल्नेछ। साथीभाइको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।
मिथुन : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।
कर्कट : जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ।
सिंह : धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
कन्या : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाईँको मेहनत र इमानदारीको अरूले प्रसंशा गर्नेछन्।
तुला : अरूले विश्वास गर्नेछन्। केही गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा काम बन्नेछन्। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन्।
वृश्चिक : सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
धनु : सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कला क्षेत्रमा राम्रो छ।
मकर : अध्ययनअध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ।
कुम्भ : नोकरीमा उतारचढाव आउनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गाजमिनको कामबाट लाभ मिल्नेछ।
मीन : अध्ययनअध्यापनमा सफलता मिल्नेछ। रोकिएका काम बन्नेछन्। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।